Home / विश्व / कारागारमा कैदी आपसमा भिडे, १३ को मृत्यु

कारागारमा कैदी आपसमा भिडे, १३ को मृत्यु

मेक्सिको सिटी । मेक्सिकोको नुएभो लेओन राज्यमा रहेको एउटा कारागारमा कैदीहरूको दुई समूहबीच भएको विवादपछिको एक झडपमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । सो कारागारमा यसअघि पनि पटक पटक यस्तै आन्तरिक झगडा र झडप हुँदै आएको र दर्जनौँको मृत्यु भइसकेको छ । घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताइएको छ । प्रहरीका अनुसार अहिलेसम्म पनि घाइतेहरूको स्पष्ट पहिचान गर्न सकेको छैन । घटना भएको कारागार अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

Check Also

भियतनामका कैयौँ प्रान्त जलमग्न, ५४ जनाको मृत्यु

हनोई । भियतनामका उत्तरी र मध्य क्षेत्रमा जारी रहेको भारी वर्षा र भीषण बाढी पहिरोले …