Home / आर्थिक / सिटिइभिटीका प्रमुखलाई कालोमोसो, सम्बन्धनका विषयमा खट्पट

सिटिइभिटीका प्रमुखलाई कालोमोसो, सम्बन्धनका विषयमा खट्पट

भक्तपुर । प्राविधिक तथा व्यावसायिक तालीम परिषद् सिटिइभिटी को सम्बन्धन महाशाखाका प्रमुख जीवनारायण काफ्लेलाई बुधबार उनकै कार्यकक्षमा विद्यार्थीले कालोमोसो दलेका छन् । प्रहरीका अनुसार नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार शाही, अर्जुन बमसहितको विद्यार्थी टोलीले काफ्लेको कार्यकक्षमै पुगेर कालोमोसो दलेका थिए । केही दिनअघि सिटिइभिटीले नर्सिङ्गलगायत स्वास्थ्यका विभिन्न विषयमा प्रमाणपत्र तहमा अर्को शैक्षिकसत्रका लागि विद्यार्थी भर्ना गर्ने गरी सम्बन्धन दिएको विरोधमा विद्यार्थीले कालोमोसो दलेका हुन् ।

प्रतिकृया दिनुहोस

Check Also

विद्युत् उत्पादनः निजी र सरकारी बराबरी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् आयोजनाको उत्पादन बराबरी हैसियतमा पुगेको छ …