Home / राजनीति / प्रमुख आयुक्त डा यादवका स्पष्ट कुरा –निर्वाचनका बारेमा शंका नगर्नुस्

प्रमुख आयुक्त डा यादवका स्पष्ट कुरा –निर्वाचनका बारेमा शंका नगर्नुस्

धुलिखेल । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको सम्पूर्ण वातावरण बनिसकेकाले उच्चस्तरको सहमति कायम गरेर अघि बढ्न सरकार र राजनीतिक दलसँग आग्रह गरेका छन् । मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत सम्मिलित निर्वाचन सञ्चालन र व्यवस्थापन तालीम समापन समारोहमा उनले निर्वाचन हुनुपर्छ भन्ने सन्दर्भमा कतैबाट पनि विचलनको अवस्था नदेखिएकाले निर्वाचनका बारेमा शंका नगर्न सबैसँग अनुरोध गरे । स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि आचारसंहिताको पूर्ण पालना गर्न गराउन राजनीतिक दल र सरकारलाई सुझाव दिँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले आचारसंहिता उल्लंघन गर्ने जो कोहीलाई पनि निर्वाचन आयोगले कारबाहीको दायरामा ल्याउने दृढता व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

Check Also

संसद्को अवधि समाप्त

काठमाडौँ । संघीय लोकतान्त्रिक नेपालको संविधान जारीपछि संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को कार्यकाल सकिएसँगै संक्रमणकालीन व्यवस्था पनि …