Home / विश्व / अफगानिस्तानमा २९ जना तालिबान लडाकू मार्यो सेनाले

अफगानिस्तानमा २९ जना तालिबान लडाकू मार्यो सेनाले

काबुल । अफगानिस्तानका विभिन्न भूभागमा गएको २४ घन्टाभित्र अफगान सेनाले तालिबान लडाकूका बिरुद्ध गरेको कारबाहीका क्रममा २९ जना लडाकू मारिएको बताइएको छ । अफगानिस्तानका विभिन्न भूभागहरुमा गएको २४ घन्टायता अफगान सेना र प्रहरीले गरेको कारबाही र द्विपक्षीय भिडन्तहरुमा परी ती लडाकू मारिएका हुन् । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा गरेको हवाई कारबाहीमा अधिकांश लडाकू मारिएका बताइएको छ । अफगानिस्तानको गृह मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी सो जानकारी दिएको समाचारमा जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस

Check Also

नेपाल—भारत सीमाबाट मोस्ट वान्टेड आतंककारी पक्राउ

नयाँ दिल्ली । भारतीय प्रहरीले बुधबार अत्यधिक खोजी सूचीमा रहेका एक जना आतंककारीलाई पक्राउ गरेको …