Home / आर्थिक / व्यवसायी गौचनको अन्त्येष्टि, शहीद घोषणाको आश्वासन

व्यवसायी गौचनको अन्त्येष्टि, शहीद घोषणाको आश्वासन

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ । सोमबार दिउँसो नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली लागेर निधन भएका गौचनको थकाली परम्परानुसार अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरलाई छोरा संस्कारले दागबत्ती दिए । गौचनको हत्यारालाई चाँडो पत्ता लगाई कारबाही गर्नुपर्ने, उनलाई शहीद घोषणा गर्नुपर्ने र व्यवसायीको सुरक्षा दिनुपर्नेलगायत माग राखी महासंघ र परिवारले उनको शव बुझ्न नमानेकामा गृहमन्त्री जनार्दन शर्माले शहीद घोषणा र व्यवसायीलाई सुरक्षा दिइने प्रतिबद्धता व्यक्त गरेका थिए । गौचनको शव बिहान १० देखि दिउँसो १ बजेसम्म महासंघको कार्यालय अनामनगर र दिउँसो २ देखि अपरान्ह ४ बजेसम्म थकाली सेवा समाजको कार्यालय बालाजुमा श्रद्धाञ्जलिका लागि राखिएको थियो । उनको शवमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि दिएका थिए ।

प्रतिकृया दिनुहोस

Check Also

विद्युत् उत्पादनः निजी र सरकारी बराबरी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् आयोजनाको उत्पादन बराबरी हैसियतमा पुगेको छ …