Home / स्वास्थ्य / सभामुखलाई सक्रिय भूमिका खेल्न प्रा डा केसीको आग्रह

सभामुखलाई सक्रिय भूमिका खेल्न प्रा डा केसीको आग्रह

काठमाडौँ । आमरण अनशनरत प्रा डा गोविन्द केसीले संसद् प्रमुखको हैसियतले सभामुखलाई चिकित्सा शिक्षा विधेयक पारित गराउन सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् । प्रा डा केसीले बिहीबार पत्रकार सम्मेलन गरी सभामुखलाई संसद्को बाँकी रहेको अवधिमा विधेयकलाई सहीरूपमा पारित गराउन आग्रह गर्दै केही राजनीतिक दल र सांसदहरू नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा पाउने तथा आम विद्यार्थीको सस्तोमा चिकित्सा शिक्षा पाउने अधिकार कुण्ठित गर्न सक्रिय भएका छन्, त्यसैले ऐन असफल पार्न लागेका छन् भने । डा केसी आठ दिनदेखि स्वास्थ्य तथा चिकित्सा शिक्षा सुधारका लागि चिकित्सा शिक्षा ऐन आउनुपर्ने माग राखी १३ औँ आमरण अनशनमा छन् । चिकित्सा विधेयक भने संसदमा विचाराधीन छ । डा केसीको स्वास्थ्य भने खस्कदै गएको छ । डा केसीका माग पूरा गर्न सरकार प्रतिवद्ध रहँदै आए पनि कहिल्यै कार्यान्वयन गरेको छैन । यसपटक पनि वार्ता टोलीले डा केसीको स्वास्थ्य अवस्था बुझेको छ ।

 

प्रतिकृया दिनुहोस

Check Also

चिकित्सकको सल्लाह –मुटु र रगतको जाँच गरेर मात्रै मासु खाउ

भक्तपुर । दशैंमा बढी मासुको खपत हुने र मासुका विभिन्न परिकार खाने प्रचलनले स्वास्थ्यमा गम्भीर …