Home / मनोरञ्जन / ‘ऐश्वर्य’को नयाँ पोष्टर, केकीको प्रदर्शन

‘ऐश्वर्य’को नयाँ पोष्टर, केकीको प्रदर्शन

काठमाडौँ । रमेश उप्रेतीको बहुप्रतिक्षित चलचित्र ‘ऐश्वर्य’ को नयाँ पोष्टर सार्वजनिक भएको छ । पोष्टरमा अभिनेत्री केकी अधिकारी देखिएकी छिन् । कार्तिक ९ गते प्रर्दशनको तयारीमा रहेको चलचित्रमा यसअघि ट्रेलर, दुईवटा गीत र पोष्टर सार्वजनिक भइसकेको छ। यसपटक आएको पोष्टरमा केकीले नजानिँदो पाराले अंग प्रदर्शन गरेकी छिन् । सार्वजनिक पोष्टरमा केकी र रमेश उप्रेती देखिएका छन्। यसअघि फिल्ममा नव अभिनेत्री दीपिकालाई निर्माण यूनिटले बढी केन्द्रमा राखेका थिए। निर्माता रमेश उप्रेती यो चलचित्रबाट निकै आशावादी देखिएका छन् । उनले आफूले अहिलेसम्म सिकेको सबै सीप प्रयोग गरेको प्रतिक्रिया दिएका छन् ।

प्रतिकृया दिनुहोस

Check Also

रेखा थापा चढेको कारलाई ट्रिपरले हान्यो

काठमाडौं । नायिका रेखा थापा चढेको कारलाई ट्रिपरले ठक्कर दिएको छ । बुधबार चाहविलस्थित ओम …