Home / देश / भाइटीकामा बाल गोपालेश्वरको मूलढोकामै पूजा एवं दर्शन

भाइटीकामा बाल गोपालेश्वरको मूलढोकामै पूजा एवं दर्शन

काठमाडौँ । पुनःनिर्माण नभए पनि दिदीबहिनी नहुनेले यस वर्ष भाइटीकाका दिन रानीपोखरीस्थित बाल गोपालेश्वर मन्दिरमा पूजा एवं दर्शन गर्न पाउने भएका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेको मन्दिर पुनःनिर्माण हुन नसक्दा मन्दिरको मूलढोकामै दर्शन गर्ने व्यवस्था मिलाउन लागिएको पुरातत्व विभागले जनाएको छ । कात्तिक ४ गते शनिबार दर्शनार्थीलाई पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाउन पुनःनिर्माणको जिम्मेवारी पाएको कँडेल राम जेभी कम्पनीलाई निर्देशन दिइएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए । यस सम्बन्धमा व्यवस्था गर्न निर्माण व्यवसायीसँग विभागमा भउको बैठकमा यस्तो निर्देशन दिइएको उनले सुनाए । विभागको निर्देशनमा रंगरोगन गरी भाइटीकाका दिन भक्तजनलाई पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको निर्माण व्यवसायी अर्जुन कँडेलले बताए । एक करोड ४० लाख रुपैयाँको लागतमा मन्दिर पुनःनिर्माणको काम अघि बढेको पनि उनले बताए ।

प्रतिकृया दिनुहोस

Check Also

खुकुरी प्रहार गरी तीन जनाको एकै चिहान

हेटौंडा । मंगलबार साँझ यहाँ खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको छ । जिल्ला प्रहरी …