Home / देश / सुरु भयो दीपावली, कहिले के के ?

सुरु भयो दीपावली, कहिले के के ?

काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहार मंगलबार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । तिहारको पहिलो दिन मंगलबार काग तिहार, कात्तिक १ गते बुधबार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक २ गते बिहीबार कार्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक ३ गते शुक्रबार कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, कृषक पूजा तथा नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११३८ र म्हपूजा अर्थात् आत्मपूजा एवम् कात्तिक ४ गते शनिबार कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ । यमराज पनि पाँच दिन आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । भाइटीकाको उत्तम साइत शनिबार ११ः५१ बजे रहेको पंचांग निर्णायक समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस

Check Also

खुकुरी प्रहार गरी तीन जनाको एकै चिहान

हेटौंडा । मंगलबार साँझ यहाँ खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको छ । जिल्ला प्रहरी …