Home / प्रवासी खबर / कतारमा एक नेपालीको दुर्घटनामा मृत्यु

कतारमा एक नेपालीको दुर्घटनामा मृत्यु

राजविराज । वैदेशिक रोजगारीको लागि सप्तरीबाट कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ बस्ने २७ वर्षीय विमलेश मण्डल रहेको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिए । मण्डल छ महिना अगाडि रोजगारीको लागि कतार गएका थिए । उनको मंगलबार राति अज्ञात सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको र गाडीको नम्बर खुल्न नसकेको बताइएको छ । सप्तरीकै किसुन मण्डलको सहयोगमा अलि ओभरसिज इटहरीमार्फत २०७३ चैत महिनामा उनी कतार गएका थिए । उनको शव नेपाल ल्याइदिनको लागि सम्बन्धित निकाय र नेपाल सरकारलाई परिवारले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

Check Also

प्रवासमा सहयोग संकलन

युएई , पछिल्लो समय बढी पिडितका लागि सहयोग जुटाउने क्रम बढ्दो नै छ । यसका …