Home / प्रवासी खबर / विश्व परिक्रमा विशिष्ट नागरिक सम्मानबाट बेलायतमा नेपालीहरु सम्मानित

विश्व परिक्रमा विशिष्ट नागरिक सम्मानबाट बेलायतमा नेपालीहरु सम्मानित

लण्डन। बेलायतमा मंगलबार ‘विश्व परिक्रमा विशिष्ट नागरिक सम्मान’ भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ। लण्डनको नर्थवल्डस्थित द क्रिष्टल स्वीट्स सी एण्ड एल कन्ट्री क्लबमा भएको भब्य सम्मान कार्यक्रममा दुई दशक भन्दा अघिदेखि बेलायत बसेर आफ्नो ठाउँबाट निस्वार्थ नेपाल र नेपालीहरुलाइ सेवा गर्ने ३६ बढी विशिष्ट नागरिक सम्मानित भए । एनआरएन युकेका अध्यक्ष योग कुमारी फगामी तथा काउन्सिलर करम मोहोनले संयुक्त रुपमा सम्मान गरेका हुन्।
बेलायतमा रहेका डा माइकल हट, डा राघब धिताल, डा सूर्य सुबेदी, डा पदम सिंखडा, महन्तबहादुर श्रेष्ठ, कुल आचार्य, सोम सापकोटा, बिजय थापा, निलहरी घिमिरे, सनमकुमार बैराग, मनिषकुमार श्रेष्ठ, सपनकुमार राई, शान्तिगुरुङ, शर्मिला बर्देवा, सीमी पुन, चरन प्रधान, कुशल श्रेष्ठ, मनिषा श्रेष्ठ, अमृत गिरि, आना डुरान्स बगाले, बासु शर्मा, बिकलचन्द्र आचार्य ,गौरिका सिंह, हरि सिंह, कोमल मल्ल, मदन थापा, मनमाया सुनुवार, नवीन गुरुङ, निलहरी घिमिरे, प्रसुना कंडेल, सितु खरेल, सोमनाथ बांस्कोटा, सुशील प्रजापति, ध्रुव दत्त, रबिजंग लामिछाने सम्मानित बनेका छन्। सम्मान कार्यक्रम विश्व परिक्रमा यात्री तथा नेपाल संयोजक आरके सुवेदी तथा बेलायत आयोजक तथा कार्यक्रम संयोजक सुरेन्द्रप्रसाद श्रेष्ठको संयोजनमा सम्मान कार्यक्रम भएको थियो।

प्रतिकृया दिनुहोस

Check Also

कतारमा एक नेपालीको दुर्घटनामा मृत्यु

राजविराज । वैदेशिक रोजगारीको लागि सप्तरीबाट कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको …