Home / स्वास्थ्य / डा गोविन्द केसी सामान्य तारेखमा रिहा, प्रधानन्यायाधीशमाथि छानबिन हुने

डा गोविन्द केसी सामान्य तारेखमा रिहा, प्रधानन्यायाधीशमाथि छानबिन हुने

काठमाडौँ । सर्वोच्च अदालतले प्रा डा गोविन्द केसीलाई बिना धरौटी सामान्य तारेखमा रिहा गरेको छ । बुधबार साँझ भएको संक्षिप्त आदेशमा डा केसीलाई उनका कानुन व्यवसायी एवम् वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीको जिम्मा लगाउन भनिएको थियो । साथै अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता विवादका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयबाट बुझ्ने भनिएको छ । त्यसैगरी प्रमाणपत्रको सम्बन्धमा न्यायपरिषद्‍बाट कागज झिकाउने उल्लेख छ। त्यसैगरी आइओएमका डीन डा शशी शर्माको मुद्दाबारे भने सर्वोच्च अदालतबाटै मिसिल झिकाएर अध्ययन गरिने आदेशमा उल्लेख छ। न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासले यो आदेश दिएको हो। अदालतको मानहानी मुद्दामा केसी सोमबार साँझ पक्राउ परेका थिए। उनले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै आमरण अनसन सुरु गरेलगत्तै अदालतले उनलाई पक्राउ गर्ने आदेश दिएको थियो। केसीले आफ्नो बयानको क्रममा पनि प्रधानन्यायाधीश पराजुली भ्रष्ट भएकाले अनुसन्धान हुनुपर्ने माग गरेका थिए। यसैबीच, डा केसीले आफ्नो अनसन जारी रहेको बताएका छन् । चिकित्सा शिक्षाको बेथितिविरुद्ध आन्दोलित केसीको यो १४ औं आमरण अनसन हो ।

प्रतिकृया दिनुहोस

Check Also

माछाको तेल आँखा सुख्खा हुने समस्यामा लाभदायी नहुने

काठमाडौं । आँखा सुख्खा हुने समस्या भएकाहरुलाई माछाको तेल लाभदायक हुने मान्यता गलत रहेको एक …