Home / बिज्ञान प्रबिधी / वर्ल्डलिंक इन्टरनेटको विस्तार तीव, मणिग्राममा ११ औं सम्पर्क कार्यालय

वर्ल्डलिंक इन्टरनेटको विस्तार तीव, मणिग्राममा ११ औं सम्पर्क कार्यालय

बुटबल । ललितपुरको जावलाखेलमा केन्द्रीय कार्यालय रहेको वर्ल्डलिंक कम्युनिकेशन प्रालिले इन्टरनेटको बिस्तारित सेवासंगै रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्राममा ११ औंं सम्पर्क कार्यालय खोलेको छ । वर्ल्डलिंकका प्रबन्धक किरण गौतमले रिबन काटेर बिहिबार सो कार्यालयको उद्घाटन गरे । योसंगै वल्र्डलिंकका देशभर ३० वटा शाखा र ११ औं सम्पर्क कार्यालय भएका छन् । द्रुतगतिको इन्टरनेट सेवासंगै फाइबर टु दि होम अर्थात एफ टि टि एच प्रबिधिको बिस्तार गर्दै सस्तो इन्टरनेट सेवासंगै डिजिटल टिभी सेवा पनि बिस्तार गरेको वर्ल्ड लिंकले जनाएको छ । माघ महिनाभरि नयाँ जडान गर्ने ग्राहकको लागि १० प्रतिशत छुटसहित २ महिना इन्टरनेट निःशुल्क, तार तथा जडान शुल्कमा समेत छुट दिइने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

Check Also

सूचना महामार्गमा नेपाल–चीन जोडिए, तोडियो भारतको राज

काठमाडौँ । नेपाल र उत्तरी छिमेकी मुलुक चीन व्यावसायिक तवरले इन्टरनेशनल कनेक्टिभिटीमा जोडिएका छन् । …