Home / स्वास्थ्य / नर्सहरुको आन्दोलन स्थगित

नर्सहरुको आन्दोलन स्थगित

काठमाडौँ । सरकारी वार्ता टोली र नेपाल नर्सिङ संघबीच ११ बुँदे सहमति भएपछि नर्सहरुको आन्दोलन बिहीबारबाट स्थगित भएको छ । स्वास्थ्य मन्त्रालयमा बिहान ११ बजेदेखि करिब आठ घण्टा चलेको वार्तामा संघले अघि सारेका सबै माग पुरा गर्न मन्त्रालय सहमत भएपछि आन्दोलन स्थगित भएको वार्तामा सहभागी नेपाल नर्सिङ परिषद्की अध्यक्ष जानकी केसीले जानकारी दिइन् । मानव अंग प्रत्यारोपण केन्द्रबाट निकालिएका दुई जना नर्सलाई तीन महिनासम्मका लागि पुनःबहाली गर्ने, उनीहरुलाई साउनयता तलबको ७५ प्रतिशत रकम दिने र अर्की एक नर्सलाई करारमा नियुक्ति गर्ने सहमति भएको उनले बताइन् ।

प्रतिकृया दिनुहोस

Check Also

तलव नपाएपछि स्वास्थ्यकर्मी आन्दोलनमा

जाजरकोट । जाजरकोट अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीे तलब नपाएको भन्दै सडकमा उत्रिएर आन्दोलन गर्न थालेका …