Home / मनोरञ्जन / ‘लालपुर्जा’ को विशेष प्रदर्शनी, शुक्रबारदेखि राजधानीका हलमा

‘लालपुर्जा’ को विशेष प्रदर्शनी, शुक्रबारदेखि राजधानीका हलमा

काठमाडौं । सौगात मल्ल स्टारर चलचित्र लालपुर्जा बिहीबारबाट मोफसलका हलहरुमा प्रदर्शन भएको छ । यता काठमाडौंको क्यूज सिनेमा हलमा यसको विशेष प्रदर्शनी भएको छ । अधिकांशले यसलाई मौलिक कथामा बनेको भन्दै प्रशंसा गरेका छन् । सम्पत्तिको विषयलाई लिएर नेपाली समाजमा हुने गरेको दाजुभाइबीचको झगडाको कथा यस चलचित्रले बोकेको छ । चलचित्रमा नायकद्वय सौगात मल्ल र विपिन कार्कीको अभिनयको झगडा गजबले सुहाएको छ । शुक्रवारबाट राजधानीका हलहरुमा प्रदर्शन हुने यस चलचित्रमा नायिका सृष्टि श्रेष्ठको केमियो छ । लेखक कुमार नगरकोटी पनि विशेष भूमिकामा देखिएका छन् । चलचित्रमा मेनुका प्रधान, मिरुना मगर, हरिहर शर्मा, कामेश्वर चौरासिया, कमलमणी नेपाल, अनिल पाण्डे लगायतका कलाकार पनि छन् ।

प्रतिकृया दिनुहोस

Check Also

युट्युबमा आयो ‘सुनकेसरी’ (पूरा फिल्म)

काठमाडौं । चलचित्र ‘सुनकेसरी’ युट्युबमा आएको छ । यस वर्षको फ्लप फिल्मको लिस्टमा आफ्नो उपस्थिति …