Home / भिडियो / यस्तो आयो श्वेता र दयाको ‘कान्छी’ को ट्रेलर

यस्तो आयो श्वेता र दयाको ‘कान्छी’ को ट्रेलर

काठमाडौं । श्वेता खड्काको पहिलो प्रस्तुति कान्छीको ट्रेलर सार्वजनिक भएको छ । फागुन ४ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षित ‘कान्छी’ को ट्रेलर मंगलवार काठमाडौंको क्यूज हलमा सार्वजनिक गरिएको हो । नायिका श्वेता खड्का र नायक दयाहाङ राई फिल्मका प्रमुख कलाकार हुन् । निर्देशक आकाश अधिकारी हुन् । यो फिल्ममा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ । ग्रामीण भेगकी कान्छीको कथा बोल्ने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ ।

प्रतिकृया दिनुहोस

Check Also

आयो ‘इन्टु मिन्टु लण्डनमा’ को शिर्ष गीत

काठमाडौं । फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को शिर्ष गीत सार्वजनिक भएको छ । रेनाशा वान्तवा …