Home / भिडियो / आयो ‘पञ्चेबाजा’ को ट्रेलर

आयो ‘पञ्चेबाजा’ को ट्रेलर

काठमाडौं । फागुन ११ गते रिलिज हुने चलचित्र ‘पञ्चेबाजा’ को ट्रेलर सार्वजनिक भएको छ । नायकद्वय सौगात मल्ल र कर्मा शाक्य रहेको पञ्चेबाजाको बुधबार काठमाडौंको क्यूज हलमा विशेष कार्यक्रम गरी ट्रेलर सार्वजनिक गरिएको हो । माया पिरती र द्धन्द्ध मिश्रित ट्रेलरमा बदलाको भावसमेत झल्किन्छ । राजेश शाहीको लगानीमा निर्मित चलचित्र घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । चलचित्रमा सौगात र कर्मासंगै जस्मिन श्रेष्ठ, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल लगायतको अभिनय छ ।

प्रतिकृया दिनुहोस

Check Also

नीता ढुंगानाले ‘जवानीको बजार लाग्या छ……’ भनेपछि (भिडियोसहित)

काठमाडौं । चलचित्र ‘दि कर्मा’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘जवानीको बजार लाग्या …