Home / राजनीति / राष्ट्रिय सभा चुनाव पढाउन निर्वाचन आयोगको निर्देशन

राष्ट्रिय सभा चुनाव पढाउन निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राष्ट्रियसभा सदस्य निर्वाचनमा मत बदर हुने अवस्था नआउने गरी राम्रोसँग मतदातालाई मत संकेत गर्न सिकाउन कर्मचारीलाई निर्देशन दिएका छन् । ललितपुरमा आयोजित ‘राष्ट्रियसभा सदस्य निर्वाचनःमतदान र मतगणना’ विषयको प्रशिक्षणको उद्घाटन गर्दै उनले निर्वाचनमा एउटा मत बदर हुँदा १८ वा ४८ मतभार बदर हुने भएकाले जिल्ला जिल्लामा गएर मतदातालाई मत संकेत गराउने तरिका सिकाउन आग्रह गरे । उनले यही माघ २४ गते हुने निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भएकाले सरकार र सरोकार भएकाहरुबाट त्यसको पूर्ण पालना हुने विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

Check Also

न्यायीक इतिहासमा पहिलो पटक प्रस्तावित प्रधानन्यायाधीशको नाम अस्वीकृत

काठमाडौँ । नेपालको इतिहासमा पहिलो पटक प्रस्तावित प्रधानन्यायाधीशको नाम दुई तिहाइले अस्वीकृत भएको छ । …