Home / मनोरञ्जन / सुदर्शन र पूजाको ‘रामकहानी’

सुदर्शन र पूजाको ‘रामकहानी’

काठमाडौं । निर्देशक सुदर्शन थापाले आफ्नो नयाँ फिल्म ‘रामकहानी’ लिएर आउने भएका छन् । रामकहानीमा सरोज खनाल, राजाराम पौडेल, पूजा शर्मा, केदार घिमिरे (माग्ने बुढो), जितु नेपाल (मुन्द्रे), विल्सनविक्रम राईलगायत कलाकार मुख्य भूमिकामा रहेका छन् । सुदर्शन र पूजाको निर्माणमा बन्ने फिल्ममा भरपुर कमेडी रहेको बताइन्छ । फिल्ममा अर्जुन पोखरेलको संगीत छ । सुदर्शन र पूजाले यसअघि निर्माण गरेको ‘म यस्तो गीत गाउँछु’ हिट भएको थियो । फागुनदेखि यसको सुटिङ सुरु हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस

Check Also

आयो ‘इन्टु मिन्टु लण्डनमा’ को शिर्ष गीत

काठमाडौं । फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को शिर्ष गीत सार्वजनिक भएको छ । रेनाशा वान्तवा …