Home / भिडियो / ‘शत्रु गते’ को दोस्रो गीत, पल र आँचलको खुल्यो क्यामेष्ट्रि

‘शत्रु गते’ को दोस्रो गीत, पल र आँचलको खुल्यो क्यामेष्ट्रि

काठमाडौं । ‘शत्रु गते’ को दोस्रो गीत ‘पिरतीको बर्को’ सार्वजनिक भएको छ । पल शाह र आँचल शर्माको क्यामेष्ट्रि खुलेको गीत बुधवार युट्युब मार्फत ईन्टरनेट रिलिज गरिएको हो । कालीप्रसाद बाँस्कोटाको संगीत र स्वर रहेको गीतको शब्द अर्जुन भट्टराईले लेखेका हुन् । संगीतकार तथा गायक कालीले यो गीतमा नयाँ टेस्ट दिने प्रयास गरेका छन् । भिडियोका कोरियोग्राफर प्रविन सिंह हुन् । फिल्ममा हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, राजाराम पौडेल, शिवहरी पौडेल, मदनकृष्ण श्रेष्ठ, किरण केसी लगायतका कलाकारको पनि प्रमुख भूमिका छ । यो फिल्म मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा बनेको हो । चलचित्र चैत ९ गतेबाट प्रदर्शनमा आउने छ ।

 

प्रतिकृया दिनुहोस

Check Also

विनय र सृष्टि भन्दैछन् –तिम्रै लागि हो (भिडियोसहित)

काठमाडौं । अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सृष्टि श्रेष्ठको चलचित्र ‘रोमियो एण्ड मुना’ को रोमान्टिक …