Home / आर्थिक / पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बिहीबार बेलुकी सम्पन्न बैठकले पेट्रोलमा एक तथा डिजेल र मट्टितेलमा दुई दुई रुपैयाँका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । त्यसैगरी हवाई इन्धनको मूल्य रु पाँचले बढाइएको निगमले जनाएको छ । यो सरकारले पछिल्लो दुई महिनामा पाँच पटक मूल्यवृद्धि गरिसकेको छ । अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको भाउ बढेपछि नेपालमा पनि आकासिएको हो ।

 

प्रतिकृया दिनुहोस

Check Also

बैदेशिक रोजगार कम्पनीले नाजायज फाइदा उठाएको श्रममन्त्रीको भनाइ

काठमाडौँ । जापानका लागि नेपाली प्रशिक्षार्थी पठाउने कुराको बैदेशिक रोजगार कम्पनीले नाजायज फाइदा उठाइरहेको श्रम, …