Home / आर्थिक / प्रचण्डलाई लाग्यो कर्मचारीप्रति अलि कठोर नै बन्नुपर्छ

प्रचण्डलाई लाग्यो कर्मचारीप्रति अलि कठोर नै बन्नुपर्छ

धुलिखेल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीलाई कठोर बनेर काम लगाउनुपर्ने बताएका छन् । शुक्रबार काभ्रेपलाञ्चोकको धुलिखेलमा नेपाल ह्याचरी उद्योग संघको साधारणसभालाई सम्बोधन गर्दै उनले केही कर्मचारीले काम गर्ने सवालमा सानो काममा पनि धेरै झमेला गर्ने गरेको उल्लेख गरे । “केही कर्मचारीले अझै पनि राजा महाराजाबाट भएको निर्देशनात्मक अभियान अनुरुप काम गर्ने गरेको पाएको छु”, उनले भने, “त्यसैले भएको ऐन नियम र कानूनलाई परिमार्जन गरी संस्कारलाई नै परिमार्जन गरेर अगाडि बढ्नुको विकल्प छैन ।”

प्रतिकृया दिनुहोस

Check Also

१५४ चौबन्न वर्षपछि बल्ल नेपाली चियालाई पहिचान

इलाम । नेपालमा चिया खेती शुरु भएको झण्डै १५४ वर्षपछि नेपाली अर्थोडक्स चियाले आफ्नै पहिचान …