Home / राजनीति / सिद्धान्त र विचारका आधारमा पार्टी एकीकरण हुन्छ – ईश्वर पोखरेल

सिद्धान्त र विचारका आधारमा पार्टी एकीकरण हुन्छ – ईश्वर पोखरेल

पोखरा । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले र नेकपा माओवादी केन्द्रबीच सिद्धान्त र विचारका आधारमा एकीकरण हुन लागेको बताएका छन् । नेपाल राष्ट्रिय वाणिज्य संघको शुक्रबार यहाँ आयोजित दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले एकीकरण सुव्यवस्थित बनाउँदै लैजानका लागि विचार र संगठनको व्यवस्थापन गर्न छुट्टाछुट्टै कार्यदल बनाएर अघि बढ्ने बताए । अब बन्ने सरकारले प्राथमिकताका आधारमा के के गर्ने भन्ने सम्बन्धमा पनि कार्यदलमार्फत योजना बनाइने तयारी भएको बताउदै उनले सरकार गठन र एकीकरणका प्रक्रिया सँगसँगै बढ्दै जाने जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

Check Also

न्यायीक इतिहासमा पहिलो पटक प्रस्तावित प्रधानन्यायाधीशको नाम अस्वीकृत

काठमाडौँ । नेपालको इतिहासमा पहिलो पटक प्रस्तावित प्रधानन्यायाधीशको नाम दुई तिहाइले अस्वीकृत भएको छ । …