Home / खेल / मेयरकपको फाइनलमा पोखरा र वालिङ

मेयरकपको फाइनलमा पोखरा र वालिङ

बागलुङ । बागलुङ नगरपालिकाको आयोजनामा यहाँ जारी ४ नं प्रदेशस्तरीय ‘मेयरकप फुटबल’ प्रतियोगिताको उपाधिका लागि कास्कीको पोखरा लेखनाथ महानगरपालिका र स्याङ्जाको वालिङ नगरपालिका भिड्ने भएका छन् । शनिबार स्थानीय बाङ्गेचौर खेल मैदानमा भएको सेमिफाइनल खेलमा गोरखा नगरपालिका, गोरखालाई ८–१ को गोल अन्तरले पराजित गर्दै पोखरा लेखनाथ महानगरपालिका फाइनलमा पुगेको हो । यस्तै, दोस्रो सेमिफाइनल खेलमा तनहुँको व्यास नगरपालिकालाई १–० को गोल अन्तरले पराजित गर्दै स्याङ्जाको वालिङ नगरपालिकाले उपाधि भिडन्तको यात्रालाई सुरक्षित गरेको हो । प्रदेश नं ४ का ११ नगरपालिका सहभागी भएको प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ । प्रतियोगिताको विजेताले नगद पुरस्कार रु दुई लाख २२ हजार २२२ र उपविजेताले रु एक लाख ११ हजार १११ प्राप्त गर्नेछन् ।

 

प्रतिकृया दिनुहोस

Check Also

नेपाल विश्व टी–२० क्रिकेटको दोस्रो चरणमा छानियो

काठमाडौँ । मलेसियामा जारी आइसिसी विश्व टी ट्वान्टी एशिया छनोट समूह ‘बी’अन्तर्गतको खेलमा नेपाल मंगलबार …