Home / स्वास्थ्य / रगत निःशुल्क हुनुपर्छ – गगन थापा

रगत निःशुल्क हुनुपर्छ – गगन थापा

धुलिखेल । पूर्व स्वाथ्यमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले विरामीले निःशुल्क रुपमा रगत पाउने व्यवस्था हुनुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको बनेपामा नेपाल रेडक्रस सोसाइटी खरिबोट उपशाखा, लायन्स क्लब अफ काभ्रे शाखा र ब्लड डोनर्स एशोसिएसन नेपाल काभ्रे शाखाको संयुक्त आयोजनामा भएको रक्तदाताको सम्मान कार्यक्रममा बोल्दै उनले दान गर्नेले निःशुल्क रुपमा गरेको हुँदा पाउनेले पनि निःशुल्क रुपमा पाउने व्यवस्था गनुपर्ने बताए । त्यसका लागि रगत सुरक्षित गर्ने, गुणस्तर र व्यवस्थित गर्ने काममा लाग्ने खर्चका लागि रेडक्रस र मन्त्रालयले विकल्प खोज्नुपर्ने उनले सुझाव दिए । सो अवसरमा उनले प्रत्येक नागरिकले स्वास्थ्य बिमा गर्ने व्यवस्थालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

 

प्रतिकृया दिनुहोस

Check Also

मदिरा सेवनले वार्षिक ३० लाख बढीको मृत्यु

काठमाडौं । मदिरा सेवन गरेर संसारमा हरेक बर्ष ३० लाख भन्दा बढीको मृत्यु हुने गरेको …