Home / राजनीति / द्वन्द्वकालीन दुई आयोगको म्याद थप

द्वन्द्वकालीन दुई आयोगको म्याद थप

काठमाडौँ । सरकारले द्वन्द्वकालीन घटनाको सत्य निरुपण र बेपत्ता व्यक्तिको छानबिन गर्न गठन गरिएको दुई आयोगको समयवधि थप गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको समयावधि एक वर्ष थप गरेको हो । म्याद थप भएपछि दुवै आयोगका पदाधिकारीले खुशी व्यक्त गर्दै क्रियाशील भएर थप काम गर्ने प्रतिबद्धता जनाएका छन् । आयोगको यही माघ २६ गते थपिएको एक वर्षको समय पनि सकिन लागेको थियो । दुई वर्षका लागि गठन भएको आयोगको म्याद एक वर्षको थप गर्न सकिने संवैधानिक व्यवस्था छ । सोहि व्यवस्था अनुसार थपिएको एक वर्ष म्याद पनि सकिएपछि सरकारले चौँथो वर्षका लागि सोमबार समयावधि थप गरेको हो ।

प्रतिकृया दिनुहोस

Check Also

प्रधानमन्त्री ओली भन्छन् –अधिकारसहितको लोकतन्त्रको स्थापना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अधिकारसहितको लोकतन्त्रको स्थापना भएको बताएका छन् । प्रधानमन्त्री …