Home / भिडियो / ‘कृ’ को आयो अर्को रोमान्टिक गीत, शुक्रबार रिलिज

‘कृ’ को आयो अर्को रोमान्टिक गीत, शुक्रबार रिलिज

काठमाडौं । यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘कृ’ को प्रदर्शन शुक्रबारदेखि हुँदैछ । यसै मेसोमा यसको नयाँ गीत सार्वजनिक भएको छ । खर्चिलो चलचित्रमा अनमोल केसी र नवनायिका अदिती बुढाथोकीको रोमान्स राम्रै देख्न सकिन्छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘मैले जानी नजानी’ बोलको गीतमा रोदित भण्डारीको स्वर, रोदितकै शब्द तथा रोदित र विशेष पाण्डेको संगीत छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको यो गीतको भिडियोलाई विक्रम लामा र एन्जिलिना खत्रीले कोरियोग्राफी गरेका हुन् ।
सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्मको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो । फिल्ममा सुवास गिरी र भूवन केसीको लगानी छ । कमल गिरी कार्यकारी निर्माता रहेको फिल्मका सह–निर्माता श्री पराजुली हुन् । फिल्ममा अनमोल र अदितीको साथमा अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतको मुख्य भूमिका रहेको छ । यो फिल्ममा अनमोलको एङ्ग्री क्यारेक्टरलाई कडै रुपले लिइएको छ ।

प्रतिकृया दिनुहोस

Check Also

‘कृ’ हलमा दोस्रो हप्ता, आयो अर्को गीत

काठमाडौं । दोस्रो हप्तामा हलमा लागिरहेको चलचित्र ‘कृ’ को अर्को गीत रिलिज भएको छ । …