Home / राजनीति / फोरम र राजपाबीच मिलेन कुरो

फोरम र राजपाबीच मिलेन कुरो

जनकपुरधाम । प्रदेश नं २ को सरकार निर्माणका लागि सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताबीचको वार्ता निष्कर्षविहीन भएको छ । दुवै दलका शीर्ष नेताबीच मंगलबार जनकपुरधामको सीताशरण होटलमा बिहान नौ बजेदेखि थालिएको वार्ता साँझसम्म पनि निष्कर्षमा पुग्न नसकेको हो । दुवै दलबीच सरकारको नेतृत्व, मन्त्रालय बाँडफाँडलगायत विषयमा सहमति हुन नसकेका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको बुझिएको छ । प्रदेश नं २ मा सङ्घीय समाजवादी फोरम नेपालको २९, राष्ट्रिय जनता पार्टीको २५, नेकपा एमालेको २१, नेपाली काँग्रेसको १९, नेकपा माओवादी केन्द्रको ११, नेपाल सङ्घीय समावादी पार्टीको एक र स्वतन्त्र एक सांसद छन् ।

प्रतिकृया दिनुहोस

Check Also

ओली नेतृत्वको सरकारको एक वर्षमा समृद्धिको आधार तय

काठमाडौँ । वर्तमान सरकारले एक वर्षको अवधिमा भौतिक पूर्वाधार, ऊर्जा, जलस्रोत, पर्यटन, भूकम्पपछिको पुनःनिर्माण र …