Home / राजनीति / काँग्रेस सांगठनिक रुपमा मजबुत बन्छ – शर्मा

काँग्रेस सांगठनिक रुपमा मजबुत बन्छ – शर्मा

विराटनगर । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेस अब रुपान्तरण भई सांगठनिकरुपमा मजबुत बन्ने विश्वास व्यक्त गरेका छन् । नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले काँग्रेसले निर्वाचनका बेला आफूले गरेका राम्रा कामबारे जनतालाई अवगत गराउन नसक्दा पराजय बेहोर्नपरेको उल्लेख गरे । पार्टीभित्र देखिएका कमीकमजोरी हटाउनुपर्ने र प्रत्येक प्रदेश, जिल्ला र गाउँगाउँसम्म पार्टीलाई सांगठनिकरुपमा मजबुत बनाउनुपर्ने आवश्यकतालाई उनले औँल्याए । उनका अनुसार नयाँ सरकार गठनलगत्तै पार्टी केन्द्रीय समितिको बैठक बस्नेछ र पार्टीको विधान संशोधनलगायतका विषयमा आवश्यक निर्णय लिन महासमितिको बैठक डाकिने छ ।

प्रतिकृया दिनुहोस

Check Also

प्रधानमन्त्री ओली भन्छन् –अधिकारसहितको लोकतन्त्रको स्थापना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अधिकारसहितको लोकतन्त्रको स्थापना भएको बताएका छन् । प्रधानमन्त्री …