Home / राजनीति / राष्ट्रियसभा विर्वाचनः प्रदेश ४ बाट मिश्रित परिणाम

राष्ट्रियसभा विर्वाचनः प्रदेश ४ बाट मिश्रित परिणाम

पोखरा । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं ४ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सम्पन्न मतगणनाअनुसार यस प्रदेशबाट कुल आठजना निर्वाचित हुनुपर्नेमा महिला तर्फबाट नेपाली काँग्रेसकी बिन्दादेवी आले राना तथा नेकपा एमालेका दीपा गुरुङ र शान्ति कुमारी अधिकारी जिसी, दलित तर्फबाट नेकपा माओवादी केन्द्रका खिमकुमार विक, अन्य समूहका तीन जनामा काँग्रेसका सुरेन्द्रराज पाण्डे, एमालेका गणेशप्रसाद तिमिल्सिना र माओवादी केन्द्रका दीनानाथ शर्मा तथा अपाङ्गतर्फबाट काँग्रेसका प्रकाश पन्थ यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । बुधबारको मतदानमा कुल २३० जना मतदाता रहेकामा २२९ जनाले मतदान गरेका थिए । मनाङका दीपक मनाङे भने उपस्थित भएनन् । उनी प्रहरीले पक्राउ गर्ने भएसंगै फरार छन् ।

प्रतिकृया दिनुहोस

Check Also

केपी ओली दोस्रो पटक प्रधानमन्त्री, सपथ र पदभार ग्रहण

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री भएका छन् । राष्ट्रपति …