Home / मनोरञ्जन / ‘कृ’ बुकिङ आक्रामक

‘कृ’ बुकिङ आक्रामक

काठमाडौं । शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘कृ’ को बुकिङ मंगलबार साँझबाट खुलेको छ । बुकिङ भने आक्रामक भएको निर्माण पक्षले जनाएको छ । फिल्मलाई क्युएफएक्स सिनेमाले मात्रै १८ शो दिएको छ । फिल्मले सिभिल मलमा ६ शो, लविङ मलमा ५ शो, कुमारी हलमा ४ शो, जय नेपालमा ३ शो, एफक्यूवमा ६ शो पाएको छ । यो फिल्म काठमाडौं र मोफसल गरि कूल ९० वटा सिनेमा हलहरुमा प्रदर्शन हुनेछ । सोलो प्रदर्शनमा आउन लागेका कारण पनि ‘कृ’ ले सर्वाधिक हल पाएको छ । सुरेन्द्र पौडेल निर्देशित फिल्ममा सुवास गिरी र भूवन केसीको लगानी छ । फिल्ममा अनमोल केसी, अदिती बुढाथोकी, अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतको मुख्य भूमिका छ ।

प्रतिकृया दिनुहोस

Check Also

युट्युबमा आयो ‘सुनकेसरी’ (पूरा फिल्म)

काठमाडौं । चलचित्र ‘सुनकेसरी’ युट्युबमा आएको छ । यस वर्षको फ्लप फिल्मको लिस्टमा आफ्नो उपस्थिति …