Home / विश्व / सिरियामा ३६ जना विद्रोही मारिए

सिरियामा ३६ जना विद्रोही मारिए

बेरुत । विद्रोहीको नियन्त्रण रहेको मानिने सिरियाको दमास्कस नजिकै पर्ने गोटामा भएको हवाई आक्रमणमा परी ३६ जनाको मृत्यु भएको छ । सिरियाको सरकारी पक्षका सुरक्षाकर्मीले बिहीबार गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको अनुगमनकर्ताहरूले बताएका छन् । युद्धक विमानले सिरियाली विद्रोही समूहलाई लक्षित गरी राजधानीदेखि पूर्वतर्फ गत चार दिनदेखि लगातार आक्रमण गरिरहेका छन् । ‘सिरियन अब्जरभेटरी फर ह्युमन राईटस’ले कम्तिमा छ ठाउँमा हवाई आक्रमण भएको जानकारी दिएको छ । बिहीबार मारिएकामध्ये दश बालबालिका र सात महिला रहेका छन् ।

प्रतिकृया दिनुहोस

Check Also

भारतको गणतन्त्र दिवसमा दक्षिण अफ्रिकी राष्ट्रपति प्रमुख अतिथि

नयाँदिल्ली । भारतको गणतन्त्र दिवसका अवसरमा आयोजना गरिने विशेष समारोहको प्रमुख अतिथि दक्षिण अफ्रिकाका राष्ट्रपति …