Home / खेल / आइसिसी विश्व क्रिकेट लिगः नेपालको सनसनीपूर्ण १ विकेटको जित

आइसिसी विश्व क्रिकेट लिगः नेपालको सनसनीपूर्ण १ विकेटको जित

काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन –२ मा नेपालले नामिबियालाई पराजित गरेको छ । नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा भएको उद्घाटन खेलमा नेपालले उत्कृष्ट बलिङसहित नामिवियालाई १ विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले नेपाललाई जीतका लागि १३९ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपालले ४९ दशमलव २ ओभरमा ९ विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपाली इनिङ्समा शरद् भेषावकरले सर्वाधिक २९ रन जोडे । वसन्त रेग्मीले २४ रन जोडे ।
त्यसअघि पहिले ब्याटिङ गरेको नामिबिया निर्धारित ५० ओभरको खेलमा ३४.२ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमा समेटिएको थियो । सन्दीप लामिछानेले चार तथा सोमपाल कामीले तीन विकेट लिए । सन्दीप म्यान अफ द म्याच भए । अर्को खेलमा क्यानडाले ओमनलाई पराजित गरेको थियो भने संयुक्त अरब इमिरेट्सले केन्यालाई पराजित गरेको थियो । नेपालले शुक्रबार आफ्नो दोस्रो खेल ओमनसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस

Check Also

नेपाल विश्वकप छनोटमा छानिन सफल

काठमाडौँ । नेपाल विश्वकप छनोट क्रिकेटमा छानिन सफल भएको छ । सन् २०१९ को इंगल्याण्ड …