Home / मनोरञ्जन / ‘कृ’ गयो हलमा

‘कृ’ गयो हलमा

काठमाडौं । युवा स्टार अनमोल केसीको ‘कृ’ शुक्रबारदेखि हलमा लागेको छ । सोलो हल पाएको कृको नेपाली कुनै चलचित्र प्रतिस्पर्धामा नभए पनि बलिउड चलचित्र ‘प्याडम्यान’ का कारण मल्टिप्लेक्समा अपेक्षा अनुसार शो पाएको छैन । तर सिंगल हलमा झण्डै सेन्चुरी नघाएको छ । चलचित्रले राम्रो नोट पाएको छ । यसअघि चकलेटी हिरोको कित्तामा परेका अनमोल यसपटक एक्सन अवतारमा प्रस्तुत हुँदा कस्तो छाप पार्लान् हेर्न बाँकी छ । फिल्ममा अनमोलले नवनायिका अदिती बुढाथोकीसँग स्क्रिन शेयर गरेका छन् । सुरेन्द्र पौडेलले निर्देशन गरेको चलचित्रमा भुवन केसी र सुवास गिरीको लगानी छ । ‘कृ’ मा अनमोल र अदितीसंगै अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतको मुख्य भूमिका रहेको छ ।

प्रतिकृया दिनुहोस

Check Also

आयो ‘इन्टु मिन्टु लण्डनमा’ को शिर्ष गीत

काठमाडौं । फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को शिर्ष गीत सार्वजनिक भएको छ । रेनाशा वान्तवा …