Home / देश / दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

विराटनगर । सुनसरीको इनरुवा नगरपालिकामा शुक्रबार राति एक मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरी हरिनगरा–३ बस्ने २३ वर्षीय अमरेश कुम्वरको मृत्यु भएको छ । कुम्वर आफैँले चलाएको को ३० प २९९३ नंको मोटरसाइकल अनियन्त्रित भई राति इनरुवा–९ बबियामा दुर्घटना हुँदा उपचारका क्रममा उनको इनरुवा अस्पतालमा मृत्यु भएको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिकृया दिनुहोस

Check Also

सर्वोच्चद्धारा नियमित पत्रकार सम्मेलन

काठमाडौँ । सर्वोच्च अदालतले आइतबारदेखि नियमित पत्रकार सम्मेलन शुरु गरेको छ । नियमित पत्रकार सम्मेलन …