Home / मनोरञ्जन / ‘कृ’ हाउसफूल, अनमोलका फ्यान नै फ्यान

‘कृ’ हाउसफूल, अनमोलका फ्यान नै फ्यान

काठमाडौं । चकलेटी हिरो अनमोल केसी एङ्ग्री म्यानका रुपमा पनि स्थापित हुन सफल भएका छन् । यसअघि चकलेटी हिरोका रुपमा चिनिएका उनी एक्सन हिरोका रुपमा पनि दरिएका छन् । हलमा हाउसफुल चलिरहेको उनको ‘कृ’ ले यतिबेला राम्रो प्रशंसा बटुलेको छ । हलमा अनमोलको क्रेज देख्दा लाग्छ उनी एक्सनमा पनि अरु सिनियर हिरोहरुलाई विस्थापित गर्न तयार भइसके । उनको फ्यान क्रेजले पनि उनी सफल देखिएका छन् । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्मको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो । कमल गिरी कार्यकारी निर्माता रहेको फिल्मका सह–निर्माता श्री पराजुली हुन् । सुरेन्द्र पौडेलले निर्देशन गरेको ‘कृ’ मा अनमोल केसी, अदिती बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।

 

 

प्रतिकृया दिनुहोस

Check Also

युट्युबमा आयो ‘सुनकेसरी’ (पूरा फिल्म)

काठमाडौं । चलचित्र ‘सुनकेसरी’ युट्युबमा आएको छ । यस वर्षको फ्लप फिल्मको लिस्टमा आफ्नो उपस्थिति …