Home / खेल / डिभिजन टु क्रिकेटमा नेपालले युएईलाई हरायो

डिभिजन टु क्रिकेटमा नेपालले युएईलाई हरायो

काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नेपालले युएईलाई चार विकेटले पराजित गरेको छ । जितका लागि पाएको ११५ रनको लक्ष्य नेपालले २८ दशमलव पाँच ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कप्तान पारस खड्काले ५१ रन बनाए । यस क्रममा उनले पाँच छक्का र दुई चौका हाने । आरिफ शेखले १६ तथा रोहितकुमार पौडेल र सोमपाल कामीले अविजित रहँदै क्रमशः १२ र १० रन बनाए । नामिबियाको युनाइटेड ग्राउण्डमा नेपालले टस जितेपछि फिल्डिङ रोज्यो । ब्याटिङको निम्तो पाएको यूएईले ३१ ओभरमा सबै विकेट गुमाई ११४ रन बनायो । ओसिलो मैदानका कारण खेल ३४ ओभरमा घटाइएको थियो । युएईका लागि शइमन अन्वारले सर्वाधिक ३० रन बनाए । बलिङतर्फ नेपालका लागि सोमपाल कामीले चार, सन्दिप लामिछाने तीन, कप्तान पारस खड्काले दुई तथा करण केसीले एक विकेट लिए । अलराउण्डर पारस म्यान अफ द म्याच भए । नेपालले यसअघि नामिबियालाई १ विकेटले हराएको थियो भने ओमनसंग ६ विकेटको हार बेहोरेको थियो ।

प्रतिकृया दिनुहोस

Check Also

फुटबलमा पनि छाए कलाकार, भेट्रानको गोलको वर्षा

काठमाडौं । कलाकार भेट्रानले खुला भेट्रान कप सिक्स ए साइड फुटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत …