Home / स्वास्थ्य / देउवालाई कर्णालीमा एमबिबिएस पढाइ भएको हेर्ने धोको

देउवालाई कर्णालीमा एमबिबिएस पढाइ भएको हेर्ने धोको

सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई प्रदेश नं ६ कै स्वास्थ्य क्षेत्रको गौरव भएको बताएका छन् । ७५ करोड बजेटमा निर्मित ३०० शय्याको प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन गर्दै उनले भौगोलिक रुपले विकट र पिछडिएको क्षेत्रमा निर्मित प्रतिष्ठानबाट स्वास्थ्य क्षेत्रमा समृद्धि आरम्भ हुने बताए । प्रधानमन्त्री देउवाले प्रतिष्ठानको एमबिबिएस कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार तत्काल अगाडि बढाउन स्वास्थ्य मन्त्रीलाई निर्देशन दिए । प्रतिष्ठानकोे सिनेट बैठकले असोज २६ गते पारित गरेको बजेट तत्काल उपलब्ध गराउने भन्दै उनले अस्पताल जस्ता पवित्र स्थान आगलागी भएको घटनाको अनुसन्धानमा तीव्रता दिने जनाए । हिमाली जिल्लामा चिकित्सा क्षेत्रमा देखिएको विशाल भवन कर्णालीमा उद्घाटन गर्न पाउँदा आफू खुशी भएको अभिव्यक्ति दिँदै प्रधानमन्त्री देउवाले अब यस क्षेत्रमा एमबिबिएस पढाइ भएको हेर्ने धोको रहेको बताए ।

 

प्रतिकृया दिनुहोस

Check Also

तलव नपाएपछि स्वास्थ्यकर्मी आन्दोलनमा

जाजरकोट । जाजरकोट अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीे तलब नपाएको भन्दै सडकमा उत्रिएर आन्दोलन गर्न थालेका …