Home / मनोरञ्जन / ‘हलमा कृ’, ‘शत्रु गते’ को टिजरद्धारा स्वागत

‘हलमा कृ’, ‘शत्रु गते’ को टिजरद्धारा स्वागत

काठमाडौं । चलचित्र हलहरुमा अनमोल केसीको चलचित्र ‘कृ’ लागिरहँदा सोही बखत ‘शत्रु गते’ को टिजर पनि रिलिज भएको छ । एकातिर एति एति पानी गंगा रानी भन्दै अनमोलले हल तताइरहेका बेलामा त्यही हलमा ‘रुपै मोहनी’ र ‘पिरतीको बर्को’ भन्दै शुत्र गतेको टिजर पनि आइपुगेको हो । ‘कृ’ हेर्ने दर्शकलाई ‘शत्रु गते’ को टिजर उपहार हुने निर्माण पक्षको ठहर छ । यो टिजर चाँडै युट्युबमा पनि सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्कीलगायतको प्रमुख भूमिका छ । चलचित्र चैत ९ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

प्रतिकृया दिनुहोस

Check Also

अक्षय कुमार घाइते, स्थिति खतरामुक्त

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार घाइते भएका छन्। फिल्म ‘केसरी’को एक्सन सीनको शुटिङ्गका क्रममा …