Home / विश्व / अमेरिका उत्तर कोरियासँग निःशर्त वार्ता गर्न तयार

अमेरिका उत्तर कोरियासँग निःशर्त वार्ता गर्न तयार

वासिङटन । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियासँग कुनै शर्तविना वार्ता गर्न वाशिङटन तयार रहेको बताएका छन् । वाशिङटन पोस्टको सोमबारको समाचारमा अमेरिकी उपराष्ट्रपति माइक पेन्सलाई उद्धृत गर्दै लेखिएका छ, “यदि उत्तर कोरिया वार्ता गर्न चाहन्छ भने ट्रम्प प्रशासनले पनि वार्ता गर्नेछ ।” तर प्योङयाङ्ले आफ्नो पारमाणविक कार्यक्रम नत्यागेसम्म उत्तर कोरियाविरूद्धका कडा प्रतिबन्धहरूलाई कायम राखिने अमेरिकी उपराष्ट्रपति पेन्सको भनाइ रहेको छ । दक्षिण कोरियामा शीतकालीन ओलिम्पिक्सको उद्घाटन समारोहमा सहभागी भइ स्वदेश फर्केपछि पेन्सको यो भनाइ आएको हो । उनी दक्षिण कोरियामा रहँदा त्यहाँका राष्ट्रपति मून जाइ–इनसँग भेटवार्ता भएको थियो । यसअघि ट्रम्प प्रशासनले उत्तर कोरियाली नेता किम जङ–अन निशशस्त्रीकरणका लागि तयार नभएसम्म उत्तर कोरियासँग वार्ता नगर्ने जनाएको थियो ।

 

प्रतिकृया दिनुहोस

Check Also

महाथिरले मन्त्रीहरुकै तलव घटाए

क्वालालम्पुर । मलेसियाका नवनिर्वाचित प्रधानमन्त्री महाथिर मोहम्मदले आफ्नो सरकारका मन्त्रीहरूको सुविधामा १० प्रतिशतले कटौति गर्ने बुधबार …