Home / देश / सडक खन्न अवरोध गर्नेलाई सार्वजनिक अपराध मुद्दा

सडक खन्न अवरोध गर्नेलाई सार्वजनिक अपराध मुद्दा

मलेखु । धादिङबेंसी–तिप्लिङ सडकअन्तर्गत खनियाबास–२ मा सडक खन्न अवरोध गर्नेहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता गरेको छ । सोमबार सडक खन्ने क्रममा सो क्षेत्रमा गाउँबासी र सुरक्षाकर्मीबीच सामान्य झडप भएपछि सडक खन्न अवरोध गर्दा विकासको काममा अवरोध गर्न नदिइने जनाउँदै प्रहरीले पाँच जनालाई झर्लाङबाट पक्राउ गरेको थियो । अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक अपराध मुद्दा दर्ता गरी कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ध्रुवराज राउतले बताए । धादिङबेंसी–तिप्लिङ ५७ किमी सडकमध्ये डुण्डुरेदेखि तिप्लिङसम्म रु २२ करोडको लागतमा २९ किमी सडक खन्न आरके कन्सट्रक्सन नामक ठेकेदारमार्फत काम हुँदै आएको छ । एक महिनाअघिदेखि गाउँबासीले जिल्लाको सामरिक महत्वको सडक बनाउँदा गाउँबाट लानुपर्ने माग गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

Check Also

सर्वोच्चद्धारा नियमित पत्रकार सम्मेलन

काठमाडौँ । सर्वोच्च अदालतले आइतबारदेखि नियमित पत्रकार सम्मेलन शुरु गरेको छ । नियमित पत्रकार सम्मेलन …