Home / खेल / डिभिजन टु क्रिकेट, नेपालले क्यानडालाई हराउनै पर्ने

डिभिजन टु क्रिकेट, नेपालले क्यानडालाई हराउनै पर्ने

काठमाडौँ । विश्वकप छनोट खेल्न नेपाललाई बुधबार क्यानडालाई हराउनै पर्ने दबाब परेको छ । अन्तिम चरणको खेल बाँकी हुँदा क्यानडा, नामिबिया र नेपालको समान ६ अंक छ । तर रनरेटमा पछि रहेको नेपाल तेस्रो स्थानमा झरेको छ । बुधबार अन्तिम दिन हुने खेलले विश्वकप छनोटमा पुग्ने दुई टोलीको टुंगो लाग्नेछ । नेपालले बुधबार शीर्ष स्थानको क्यानडासँग खेल्दैछ भने नामिबियाले चौथो स्थानको युएइसँग खेल्नेछ । अब नेपालले शीर्ष दुईमा स्थान बनाउँदै एक दिवसीय विश्वकप छनोटमा स्थान बनाउन क्यानडालाई हराउनै पर्नेछ । हराउन असफल भएमा नेपालको यात्रा डिभिजन टू मै यथावत रहने सम्भावना बढी हुन्छ ।

प्रतिकृया दिनुहोस

Check Also

तेक्वान्दो संघद्वारा राखेप उपाध्यक्ष तिम्सिना र सदस्य निरौला सम्मानित

काठमाडौं । नेपाल तेक्वान्दो संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष पिताम्वर तिम्सिना र …