Home / मनोरञ्जन / नेपालमा पनि ‘बक्स अफिस’ सुरु, चलचित्र उद्योग व्यवसायिक बन्ने आशा

नेपालमा पनि ‘बक्स अफिस’ सुरु, चलचित्र उद्योग व्यवसायिक बन्ने आशा

काठमाडौँ । नेपालमा पनि पहिलो पटक बक्स अफिस सुरु भएको छ । बक्स अफिसको उद्घाटन गर्दै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले चलचित्रसम्बन्धी कारोवारलाई व्यवस्थित र पारदर्शी बनाउन लागू भएको विद्युतीय टिकेटिङ प्रणाली ९(अफिस) ले चलचित्र उद्योगलाई थप व्यावसायिक बनाउने बताए । नेपाल चलचित्र विकास बोर्डको सक्रियतामा मंगलबारदेखि लागू भएको ‘बक्स अफिस’ को उद्घाटनपछि मन्त्री बस्नेतले अर्बौंको लगानी र हजारौँले रोजगारी पाएको चलचित्र क्षेत्र अब आर्थिक दृष्टिले समेत पारदर्शी हुने धारणा व्यक्त गरे । कार्यक्रममा चलचित्र बोर्डकी अध्यक्ष निकिता पौडेलले बोर्डको लगानी र सक्रियतामा ‘बक्स अफिस’ लागू हुन लागेको अवगत गराउँदै यसलाई सफल बनाउन सरोकारयुक्त सबैको सहयोगको अपेक्षा गरिन् । कार्यक्रममा बोर्डका सदस्य नरेन्द्र महर्जन, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीलगायतले ‘बक्स अफिस’ ले चलचित्र क्षेत्र व्यस्थित र थप मर्यादित भई उद्योगका रुपमा स्थापना हुने धारणा व्यक्त गरे । यही फागुन ७ गतेभित्र काठमाडौँ उपत्यकाका सम्पूर्ण विद्युतीय टिकेटिङ प्रणाली जडान भएका मल्टिप्लेक्स चलचित्र घरमा चलचित्र घर र केन्द्रीय सर्भरबीच लिंक गर्न आवश्यक उपकरण उपलब्ध गराइने बोर्डले जनाएको छ । पहिलो चरणमा उपत्यकामा लागू गर्न आगामी असार ३१ गतेसम्म उपत्यकाभित्र सञ्चालनमा रहेका सम्पूर्ण चलचित्रघरमा विद्युतीय टिकेटिङ प्रणाली जडान गरी केन्द्रीय सर्भरसम्म लिंक गरेर पूर्णरुपमा लागू गरिने बताइएको छ ।

प्रतिकृया दिनुहोस

Check Also

युट्युबमा आयो ‘सुनकेसरी’ (पूरा फिल्म)

काठमाडौं । चलचित्र ‘सुनकेसरी’ युट्युबमा आएको छ । यस वर्षको फ्लप फिल्मको लिस्टमा आफ्नो उपस्थिति …