Home / खेल / नेपाल विश्वकप छनोटमा छानिन सफल

नेपाल विश्वकप छनोटमा छानिन सफल

काठमाडौँ । नेपाल विश्वकप छनोट क्रिकेटमा छानिन सफल भएको छ । सन् २०१९ को इंगल्याण्ड विश्वकपका लागि नेपालले अर्को महिना जिम्बावेमा विश्वकप छनोट खेल्न पाउने भएको हो । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोट खेल्न पाउने भएको हो । नामिबियास्थित वान्डरर्स स्टेडियममा बुधबार राति सम्पन्न खेलमा खराब सुरुवात गरे पनि करण केसीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले अन्तिम बलमा जित निकाल्न सफल बन्यो । करणले ४ छक्का र चार चौकाको मद्दतले ३१ बलमा अविजित ४२ रन जोडेपछि नेपालले अन्तिम बलमा लक्ष्य भेट्टाएको हो । दिलिप नाथले ४१, दिपेन्द्र ऐरीले १८, सरिफ शेषले २६, रोहितकुमार पौडेलले २७ र सन्दिप लामिछानेले पाँच रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले नेपाललाई १९५ रनको चुनौती दिएको थियो । ५० ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा १९४ रनको योगफल बनायो । बलिङतर्फ वसन्त रेग्मीले तीन विकेट लिए भने सन्दिप लामिछानेले २ तथा शरद भेषावकरले र करण केसीले एक एक विकेट लिए । करण म्यान अफ द म्याच भए । नेपालसंगै युएई पनि विश्वकप छनोटमा छानिएको छ । फाइनल खेल बिहीबारै हुनेछ ।

 

प्रतिकृया दिनुहोस

Check Also

एशिया कप त्रिकेट खेल्ने नेपालको आशा कायमै, सिंगापुरमाथि जित

काठमाडौँ । एशिया कप क्रिकेटमा छनोट हुने नेपालको आशा अझै जिवितै छ । छनोट अन्तर्गत …