Home / भिडियो / ‘कोहलपुर एक्सप्रेस’ मा टाँसिए केकी र विनोद

‘कोहलपुर एक्सप्रेस’ मा टाँसिए केकी र विनोद

काठमाडौं । चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को रोमान्टिक गीत रिलिज भएको छ । ‘भ्यालेन्टाइन डे’ को अवसरमा सार्वजनिक गरिएको ‘अब मनसँग मन’ बोलको गीतको भिडियोमा नायिका केकी अधिकारी र नायक विनोद न्यौपाने मज्जाले खुलेका छन् । सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द र संगीत सुन्न सकिन्छ । गम्भीर बिष्ट गीतका कोरियोग्राफर हुन् । ऋचा शर्मा, प्रियंका कार्की, बुद्धि तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मको कथा निर्देशक विशाल भण्डारी आफैंले लेखेका हुन् । अर्जुन तिवारीको छायांकन रहेको फिल्ममा केकी निर्मात्रीको रुपमा छिन् । यो फिल्म बैशाख १४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिकृया दिनुहोस

Check Also

‘बाबु कान्छा’ मा खुले सलोन र करिश्मा

काठमाडौं । अभिनेता सलोन बस्नेत र अभिनेत्री करिश्मा श्रेष्ठ स्टारर फिल्म ‘बाबु कान्छा’ को पोष्टर …