Home / भिडियो / ‘लिलिबिली’ मा प्रदीप जसितालाई भन्दैछन् ‘घुम्न जाउँ इन्जिन गाडीमा’

‘लिलिबिली’ मा प्रदीप जसितालाई भन्दैछन् ‘घुम्न जाउँ इन्जिन गाडीमा’

काठमाडौं । चलचित्र ‘लिलिबिली’ को शीर्ष गीत सार्वजनिक भएको छ । ‘घुम्न जाउँ इन्जिन गाडीमा’ बोलको गीतमा युवा स्टार प्रदीप खड्का रिसाएकी प्रेमिका तथा नव–नायिका जसिता गुरुङलाई फकाइरहेको देख्न सकिन्छ । प्रेम गर्नेहरुका लागि यो गीत विशेष रहने निर्माण यूनिटको भनाई छ । गीतमा स्कटल्याण्डको सौन्दर्य कैद गरिएको छ । यस्तै, निर्माण टिमले फिल्मको शीर्ष गीतको डान्स कम्पिटिसन पनि घोषणा गरेको छ । जुनसुकै वर्गका व्यक्तिले उक्त गीतमा नृत्य गरेको भिडियो आफ्नै युट्युब च्यानलमार्फत अपलोड गर्न सक्ने निर्माता गोविन्द शाहीले जानकारी दिए । युट्युबमा सर्वाधिक भ्युज पाउने भिडियोलाई १ लाख नगद पुरस्कार प्रदान गरिनेछ । चैत ३० गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको फिल्ममा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरु पनि अभिनय छ ।

प्रतिकृया दिनुहोस

Check Also

‘बाबु कान्छा’ मा खुले सलोन र करिश्मा

काठमाडौं । अभिनेता सलोन बस्नेत र अभिनेत्री करिश्मा श्रेष्ठ स्टारर फिल्म ‘बाबु कान्छा’ को पोष्टर …