Home / खेल / डिपिएल क्रिकेटलाई श्री एयरलाइन्सको १० लाख

डिपिएल क्रिकेटलाई श्री एयरलाइन्सको १० लाख

काठमाडौँ । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणका लागि श्री एयरलाइन्सले प्रायोजन गर्ने भएको छ । धनगढीमा आगामी चैत १७ गतेदेखि शुरु हुने उक्त प्रतियोगिताका लागि धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही र श्री एयरलाइन्सका अपरेशन डाइरेक्टर कुन्दन गिरीले यहाँ आइतबार आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार एयरलाइन्सले धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगितालाई रु १० लाख बराबरको प्रायोजन गर्नेछ । एयरलाइन्सले रु सात लाख ५० हजार नगद प्रदान गर्नेछ भने रु दुई लाख ५० हजार बराबरको सेवा उपलब्ध गराउने छ । उक्त प्रतियोगिताका लागि अक्सन खेलाडी दर्ता गर्नेक्रम सकिएको र २०० भन्दा बढी खेलाडीले नाम दर्ता गराएको आयोजकले जनाएको छ । अक्सन फागुन ९ गते हुनेछ । प्रतियोगितामा टिम चौराहा धनगढी, सिवाइबी अत्तरिया, रुपन्देही च्यालेञ्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन्स र विराटनगर किङ्सले सहभागिता जनाउने छन् । प्रतियोगिताको विजेताले रु २५ लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछ ।

प्रतिकृया दिनुहोस

Check Also

एशिया कप त्रिकेट खेल्ने नेपालको आशा कायमै, सिंगापुरमाथि जित

काठमाडौँ । एशिया कप क्रिकेटमा छनोट हुने नेपालको आशा अझै जिवितै छ । छनोट अन्तर्गत …