Home / आर्थिक / पुस्तक पसलमा आगलागी हुँदा ३५ लाख क्षति

पुस्तक पसलमा आगलागी हुँदा ३५ लाख क्षति

सुर्खेत । सदरमुकाम जुुम्ला खलंगास्थित एक पुस्तक पसलमा सोमबार बिहान आगलागी हुँदा रु ३५ लाख क्षति भएको छ । बिहान ४ः४५ बजे चन्दननाथ नगरपालिका– ५ जुम्लास्थित जिपी पुस्तक पसलमा विद्युत् चुहिएर पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिए । प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा आगलागी एक घण्टापछि नियन्त्रणमा लिइएको थियो । पसलका पुस्तक जलेर नष्ट भएपछि वितरणमा समस्या आएको पसलका प्रोपाइटर गणेशबहादुर रोकायाले दुखेसो पोखे । जुम्लाका १६८ सामुदायिक विद्यालयसहित डोल्पा जिल्लाका तल्लो भेकका विद्यालयका लागि पुस्तक वितरणको जिम्मेवारी लिएका थियौँ, दुर्भाग्यवशः क्षति व्यहोर्नुपर्यो उनले भने । उनका अनुसार कक्षा १ देखि स्नातक तहसम्मका पाठ्यपुस्तक र पाठ्य सामग्रीमा बढी क्षति पुगेको छ ।

प्रतिकृया दिनुहोस

Check Also

श्रमजीवीको भविष्य सुरक्षित गर्र्दै सरकार, कार्यान्वयन चुनौतीपूर्ण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र गुमाएका …