Home / आर्थिक / कानून विपरीत वित्तीय कारोवार गर्ने पक्राउ

कानून विपरीत वित्तीय कारोवार गर्ने पक्राउ

काठमाडौँ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले कानून विपरीत वित्तीय कारोबार गर्ने इन्भेष्टमेन्ट प्रालिका सञ्चालकलाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट वित्तीय कारोवार गर्ने अनुमति नलिईसुनसरी र मोरङमा सञ्चालन गरेको इन्भेष्टमेन्ट कम्पनीका आठ सञ्चालकलाई कानूनी दायरा विपरीत गैरकानूनी तवरले स्थानीयवासीसँग बचत संकलन तथा ऋण प्रवाह गर्नेलगायत वित्तीय कारोवार गरेको सूचनाका आधारमा आइतबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीका भीमप्रसाद चौधरी, श्याम पेशकार थारु, डिल्लीप्रसाद आचार्य, प्रकाश आचार्य र सुनिल गुरागाईं, मोरङका राजु शाह तथा संखुवासभाका चन्द्रबहादुर विक र अनिता विक छन् । ब्यूरोले पक्राउ परेकासँग बचतबुक, बैंक भौचर, पासबुक, कर्मचारी नियुक्तिको करारनामा, चेकबुक, अभिलेख फाइल, ल्यापटप, रजिष्ट्रर, पासबुकलगायत सामग्री र करोडौँ रुपैयाँ बरामद गरेको छ ।

 

प्रतिकृया दिनुहोस

Check Also

श्रमजीवीको भविष्य सुरक्षित गर्र्दै सरकार, कार्यान्वयन चुनौतीपूर्ण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र गुमाएका …