Home / खेल / डीपीएल क्रिकेटका लागि ७२ खेलाडी बिक्री

डीपीएल क्रिकेटका लागि ७२ खेलाडी बिक्री

काठमाडौँ । दोस्रो संस्करणको धनगढी प्रिमियर लिग डिपीएल क्रिकेट प्रतियोगिताको अक्सनमा करण केसी, आरिफ शेख, वसन्त रेग्मी तथा सागर पुन सबैभन्दा महँगो खेलाडीको रुपमा बिक्री भएका छन् । ती चारैजना खेलाडी छुट्टाछुट्टै टोलीमा रु एक लाख ५० हजारमा विकेका हुन् । केसी र शेखलाई महेन्द्रनगर युनाइटेडले किन्यो भने रेग्मीलाई विराटनगर किंग्सले तथा पुनलाई रुपन्देही च्यालेन्जर्सले खरिद गरेको हो । त्यसैगरी, पृथु बाँस्कोटा विराटनगरमा आबद्व भए । उनलाई विराटनगरले रु एक लाख २० हजारमा अनुबन्ध गरेको हो । सोही रकममा नरेश बुढाऐरलाई काठमाडौँ गोल्डेन्सले खरिद गर्यो । त्यस्तै, विराटनगरले रु एक लाखमा रामनरेश गिरी, पवन सर्राफ, सौरभ खनाल, दिलीप नाथ र अनिल कुमार शाहलाई अनुबन्धन गर्यो । काठमाडौंको अन्नपूर्ण होटलमा सम्पन्न अक्सनमा १८७ खेलाडीको नाम दर्ता भएको थियो जसमा ७२ खेलाडी अक्सनमा बिकेका हुन् । धनगढीमा आगामी चैत १७ देखि वैशाख १ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा टिम चौराह धनगढी, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, रुपन्देही च्यालेन्जर्स, काठमाडौँ गोल्डेन्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्नेछन् । विजेताले रु २५ लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछन् ।

 

प्रतिकृया दिनुहोस

Check Also

प्रधानमन्त्री कप क्रिकेटको उपाधि सशस्त्र प्रहरीलाई

काठमाडौँ । विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितको उपाधि …